प्रेम विवाह भएको चार महिनामै पति-पत्नीबीच खुकुरी हानाहान, श्रीमानको मृत्यु

प्रेम विवाह भएको चार महिनामै पति-पत्नीबीच खुकुरी हानाहान, श्रीमानको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 17.7K
    Shares

रुपन्देहीको रुद्रपुरमा एक व्यक्तिको हत्या भएको छ। रुद्रपुर–२, पिपरीचापा निवासी २३ वर्षीय श्याम बुढाको उनकै श्रीमती शीलाले हत्या गरेकी हुन्। मृतक श्याम पशुपति उच्च मावि सालझण्डीका कक्षा ११ का विद्यार्थी हुन्। चार महिनाअघि प्रेम विवाह गरेकी २४ वर्षीया शीलाले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।
सोमबार विहान आपसी झगडाका कारण उनीहरुबीच खुकुरी र खुडा हानाहान भएको प्रहरीको भनाई छ। टाउकोमा गम्भीर चोट लागेका श्यामको उपचारको क्रममा मृत्यु भएको हो। श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी शीलाको उपचार भइरहेको छ। छिमेकीकोमा किरियापुत्री कुर्न गएका श्याम घर ढिलो फर्किएको विषयमा उनीहरुबीच झगडा भएको प्रहरीले जनाएको छ।
 शीला र श्यामबीच गत भदौंमा विवाह भएको थियो। स्कुल उमेरमै प्रेममा रहेकी शीलाले विहेपछि सालझण्डीमा ब्युटिपार्लर सञ्चालन गरेकी छन्। घाइते रहेकी शीलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया