रुपन्देही,११ पुस ।
रुपन्देहीको रुद्रपुर-२ पिपरी चापा टोलकी २४ वर्षकी शिला बुढाले हतौडा र खुकुरीले हानेर श्रीमान् २३ वर्षका श्याम बुढाको हत्या गरेकी छिन् ।
राति १ बजेतिर शिला र श्यामको झगडा हुँदा शिलाले हतौडा र खुकुरीले हानेको स्थानीय बासिन्दाले बताएका छन् । श्यामको शरीरमा चोटैचोट लागेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ ।
स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि गम्भीर घाइते भएका श्याम बुढालाई राति साढे २ बजे उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो । त्यहाँ उनको उपचारको क्रममा बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय रुद्धपुरका प्रहरी सहायक निरीक्षक राम बिलास यादवले जानकारी दिए।
श्रीमती शिलाको पनि दुबै हातमा गहिरो चोट लागेकाले प्रहरीको नियन्त्रणमा लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।