सुदूरपश्चिमका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिमका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 9.1K
    Shares

बाजुरा,१० पुस ।

सुदूरपश्चिमका बाजुरालगायत हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको  हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् ।

हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन् । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडी लगायतका दर्जन बढी गाविसमा हिमपात परेपछि जनजीवन प्रभावित भएका हो ।

पाण्डुसैन र मार्तडीको बिचमा पर्ने पोरखे लेखमा भारी हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एरपोट बजारमा दैनिक उपभोग्य सामान र खाद्यान्न बोक्ने खच्चड र मान्छेकोे आवत जावत समेत बन्द भएको स्थानीयबासी दलसिंह रोकायाले बताउनुभयो ।

यस्तै लामो समयदेखि पानी नपरेका कारण बाली बिग्रन लागेका बेला पानी परेपछि कृषक भने खुसी भएका छन् ।

प्रतिक्रिया