हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै

हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 9.2K
    Shares

काठमाडौं, १० पुस ।

मुस्लिम समुदायका लागि मात्र स्थापना भएको रामपुर नगरपालिका–६ इस्लामपुरमा रहेको मदरसा नुरुल हुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा हिन्दू समुदायका बालबालिका पनि पढ्ने गरेका छन् ।

मुस्लिम समुदायको भाषा संरक्षण गर्नका लागि स्थापना विद्यालयमा हिजोआज हिन्दू समुदायका बालबालिकाले उर्दू र अरबी भाषा सिक्दैछन् । सामाजिक मेलमिलाप, जातीय विभेदको कम हुँदै जाँदा हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषामा आकर्षित भएका हुन् । यस आर्थिक वर्षमा विद्यालयमा ४५ जना विद्यार्थी भर्ना भएकामध्ये १० विद्यार्थी हिन्दू समुदायका छन् । २०६७ सालमा स्थापना भएको विद्यालयमा कक्षा बालविकासदेखि कक्षा ३ सम्म मात्र पठनपाठन हुने गर्दछ ।

मुस्लिम समुदायको जनघनत्व बढ्दै गएपछि उर्दू र अरबी भाषा सिकाउने उद्देश्यले यहाँ विद्यालय स्थापना गरिएको हो । यस विद्यालयमा दुईजना दरबन्दी र चारजना निजी स्रोतका शिक्षक रहेका छन् । यहाँ मुस्लिम समुदायभन्दा अन्य समुदायका बालबालिकालाई विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति, शैक्षिक सामग्री वितरणमा बढी प्राथमिकता दिएर वितरण गरिँदै आएको प्रधानाध्यापक नागेन्द्र काफ्लेले बताए।

मुस्लिम समुदायभन्दा बाहिरका बालबालिकालाई उर्दू र अरबी भाषा सिकाइमा केही समस्या हुने गरेको उर्दू र अरबी भाषाका शिक्षक अब्दुल जब्बारले बताए।

प्रतिक्रिया