श्रीमतीको हत्या पछि आत्महत्या

श्रीमतीको हत्या पछि आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 10.1K
    Shares

काठमाडौं, १० पुस ।

शनिबार बिहान करिब ११ बजे एक व्यक्ति हस्याङफस्याङ गर्दै भक्तपुरको महानगरीय प्रभाग खरीपाटी पुगे । ‘श्रीमतीलाई मैले मारिदिएँ’ प्रभागमा पुगेलगत्तै उनले भने ‘मैले पनि बिष खाएको छु ।’

चाँगुनारायण डाँडागाउका ४४ बर्षीय ज्योतिराज थापा त्यसरी आत्मसमर्पण गर्न प्रहरी कार्यालय पुगेका थिए । केहीछिनमै उनी छटपटाउन थाले । प्रहरीको एउटा टोली थापालाई लिएर अस्पताल गयो । अर्को टोली चाँगुनारायण ३ थापागाउँस्थित उनको घरतर्फ लाग्यो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

उनले भनेअनुसार नै घरमा घाँटी रेटेर मृत्यु भएको अवस्थामा उनकी श्रीमती मुना भेटिइन् । खुकुरीले काटेर उनले श्रीमतीको हत्या गरेका थिए ।

भक्तपुर अस्पतालले ज्योतिराजको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीर अस्पताल रिफर गर्यो । तर वीर लैजाने क्रममा बाटामै उनको मृत्यु भयो ।

प्रतिक्रिया