क्षिणकालीमा विद्यार्थी चढेको गाडी दुर्घटना, १ जनाको मृत्यु, १५ घाइते

क्षिणकालीमा विद्यार्थी चढेको गाडी दुर्घटना, १ जनाको मृत्यु, १५ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ पुष २०७३
  • 8.5K
    Shares

काठमाडौं, २ पुस ।

काठमाडौंको दक्षिणकालीमा विद्यार्थी चढेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।

वनभोजको लागि गएको ललितपुर जावलाखेलको क्यारेबियन स्कुलका विद्यार्थी चढेको बा २ ख ६९२२ नम्बरको गाडी दक्षिणकाली नगरपालिका–११ लामागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेको पहिचान भएको छैन । अहिले उद्धारको काम चलिरहेको छ । गाडी सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया