सुनको मूल्य फेरी घट्यो !

सुनको मूल्य फेरी घट्यो !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ पुष २०७३
  • 10.1K
    Shares

काठमाडौँ, १ पुस ।

आज सुन थप सस्तो भएको छ । पुसको पहिलो दिन सुन पनि तोलाको ४ सय रुपैयाँले सस्तो भएको हो ।

बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ ।
सुन ५१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहँदा चाँदी पनि तोलाको २५ रुपैयाँ सस्तो भएर ७ सय ६५ रुपैयाँ कायम भएको छ ।

मंसिरभरमा सुन तोलाको ३५ सयले घटेको थियो । पुसको सुरुवातकै दिनमा पनि सुनको मूल्य घटेपछि यो महिनामा पनि सुनको मूलय अझै घट्न सक्ने आँकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन लगातार ओराले लागेपछि त्यसको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । अमेरिकी डलर बलियो बन्दै गएकाले पनि सुनको मूल्य कमजोर भएको भएको हो ।

प्रतिक्रिया