लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकाको सिमानामा पर्ने बिजयपुर खोलाको पुलबाट ट्रिपर विजयपुर खोलामा खस्दा ट्रिपर चालकको ज्यान गएकोे छ । सो घटनामा चालक तनहु शुक्ला गण्डकीका टुक वहादुर क्षेत्रीको ज्यान गएको हो । मंगलबार सांझ ८ बजे भएको दुर्घटनामा सहचालक तनहुँका प्रेम नेपाली घाइते छन् ।
पोखराबाट लेखनाथ तर्फ जादै गरेको ग १ ख ३७१८ नम्बरको ट्रिपर पुलबाट तल खसेको हो । गण्डकी क्रसर उद्योग अन्तर्गत सञ्चालनमा रहेको सो ट्रिपर तिब्र गतीका कारण पुलबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । साथै चालकले केही मात्रामा रक्सी सेबन गरेको र तिब्र गतीले दुर्घटना भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत सहचालक प्रेम नेपालीले जानकारी दिए । धाइते सहचालक नेपालीका अनुसार, ट्रिपर तिब्र गतीमा रहेको र नियन्त्रणमा लिन आग्रह गरेको केही बेरमै दुर्घटना भएको थियो ।
गाडी पोखराबाट लेखनाथ जाने साइडबाट नभइ बिपरीत स्थानबाट बिजयपुर खोलामा खसेको देखिएको छ । पुलका केही रेलिङ भाँचिएको छ । घाइतेको अबस्था सामान्य भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका इमरजेन्सी प्रमुख ढाका कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले अस्पतालमा आइसियुमा बेडको समस्या तथा न्युरो डाक्टरको अभाबले बिरामीलाई मणिपाल अस्पतालमा राती नै रिफर गरीएको बताए ।