घाँटी थिचेर ज्वाँइले गरे ससुराको हत्या

घाँटी थिचेर ज्वाँइले गरे ससुराको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ मंसिर २०७३
  • 10.7K
    Shares

पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् ।

सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले के कति कारणले आफ्नो ससुराको हत्या गरेको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

आज विहान ३ः०० बजे हत्या गरी फरार भएका पहरीलाई प्रहरीले व्यापक खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभएको छ । मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया