साेमबार बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा १ घरमा क्षति पुगेको छ । परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए ।
उनका अनुसार गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले केही क्षति पुर्याएको हो । केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन् । बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रविन्दु बनाएर ५.६ रिक्टर स्केलको परकम्प गएको थियो । भूकम्प मापन केन्द्रले यो ‘गोरखा’ भूकम्पको परकम्प भएको जनाएको छ ।