तरुण दलका जिल्ला नेतासहित ४ पक्राउ

तरुण दलका जिल्ला नेतासहित ४ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ असोज २०७३
  • 13.1K
    Shares

जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेता राजेन्द्र हमालसहित चारजनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । देउपुर ९ का राजेन्द्र हमालसहित, बाजुङ १ का भरतबहादुर पौडेल, तिलाहार ६ का अनिल किसान र क्याङका मिलन पुन जिसीलाई अदालतमा बुझाइएको प्रनाउ शेखर खनालले जानकारी दिए ।

पक्राउ पर्नेमा बाजुङ गाविस १ घर भई सार्वजानीक मुद्दा अन्र्तगत ५ हजार जरिवाना बाँकी रहेका भरतवहादुर पौडेल, देउपुर गाविस ९ घर भई सार्वजानीक मुद्दा अन्र्तगत ५ हजार जरिवाना बाँकी रहेका राजेन्द्र हमाल, क्याङ गाविस ९ घर भई सार्वजानीक मुद्दा अन्र्तगत १ हजार जरिवाना बाँकी रहेका मिलन पुन रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा तिलाहार गाविस ६ घर भई चोरी मुद्दा अन्र्तगत १ महिना १५ दिन कैद सजायँ र ५५ हजार ६ सय ७२ रुपैयाँ जरिवाना बाँकी रहेका अनिल किसान र तिलाहार गाविसकै ७ घर भई चोरी मुद्दा अन्र्तगत ३ बर्ष १० दिन कैद सजायँ बाँकी रहेका सन्तोष लामिछाने रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक मधुकरजंग बिष्टले वताए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल

जिल्ला प्रहरी कार्यालय पर्वतमा भर्खरै मात्र आएका प्रहरी नायव उपरिक्षक शेखर खनालले आफ्नो पहिलो अभियान अन्र्तगत अदालतमा विशेषत कर्तव्य ज्यान, चोरी डकैती, भ्रष्टाचार, ठगी मुद्दाका फरार अभियुक्तहरुको खोजी गरिएको बताए । खनालले आफ्नो कार्यकालमा अदालतले गरेको फैसला कार्यान्वयनतर्फ जोड दिने प्रतिबद्धता जनाए । पर्वत जिल्ला लगायत अन्य विभिन्न जिल्लाबाट सजाय सुनाइएका पर्वतका ३ सय ३८ जना अभियुक्तले आफ्नो कैद र दण्ड जरिवाना फछ्र्यौट गरेका छैनन् ।

 

प्रतिक्रिया