स्याङ्जा जिल्ला फेदिखोला निर्माणधिन बाटोमा भ्रष्टाचार

स्याङ्जा जिल्ला फेदिखोला निर्माणधिन बाटोमा भ्रष्टाचार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३२ साउन २०७४
  • 12K
    Shares

स्याङ्जा जिल्लाको फेदिखोला गाउपालिका ४ अन्तर्गतको आरुखर्क गलेम भिर को निर्माणधिन बाटोमा काम जिम्मा लियका र आर्थिक कारोबार सम्हालेका ब्यक्तिकै मिलोमतो  भ्रष्टाचार भएको छ।

तीन सय मिटर खन्ने सम्झौता सहित युवराज वराल भन्ने व्यक्तिलाइ कामको जिम्मा दिइएको थियो।तर जति खन्नुपर्ने थियो त्यति नखनीकन अथवा सम्झौता पूरा नहुदै ठेकदार ले काम छोडेको स्थानीय बताउछ्न।

काम सुरु भएको केही समय नबित्दै डाेजर अप्रेटर हरु ले पनि खन्न सक्दिन भन्दै काम छाड्ने वाहाना वनाइएको थियो । जिविस को कर्मचारी लाई ७० हजार घुस दिएर ४,५ लाख को घोटला गरेको र यसमा आर्थिक कारोबार सम्हालेका जिम्मेवारी ब्यक्ति नै काम जिम्मा लिने युवराज वराल सग मिलेर रकम हिनामिना गरेको भनीएको छ र बाटो निर्माण समिति को सदस्य हरु रकम माग्न जादा उल्टो थर्काएर पठाउने गरेको बताएको छ।

भिर माथीको जनता को सपना कै रुपमा रहेको यस मोटर बाटो तिर्थयात्री का लागि प्रसिद्ध धार्मिक स्थल पन्चासे मा जोड्ने लक्ष्य सहित सुरु गरिएको थियो। तर यो बाटो सुरु गरेको ३/४ बर्ष बितिसक्दा पनि अझै पूरा हुन भने सकेको छैन। वार्षिक केन्द्रिय स्तर कै योजना भएपनि यस्तै चलखेल ले बाटो बन्न नसकेको भिर माथिका पीडित जनता हरु बताउछन् । साविक आरुखर्क -१.२.३ मा पर्ने यस गलेम भिरमा संबंधित निकाय को ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

अहिले फेदिखोला गाउँ पालिका -४ मा पर्ने यी गाउँ हरु अन्य गाउँ हरु भन्दा अलिक पिछडिएको गाउँ  अन्तर्रगत पर्दछन। स्थानीय निकाय ले के हेरिरहेको छ? छानबिन गरियोस् ।दोशी लाई कडा भन्दा कडा कारबाही गरियोस् र ठेकदार र आरोपित एक दुई जना लाई कालोमोसो दल्नु पर्छ भन्दै स्थानीय हरु विभिन्न स्थानिय क्षेत्र देखि विभिन्न समाजिक संजाल मा समेत आक्रोशित भईरहेका छन्।

प्रतिक्रिया