पोखरा, ११ जेठ २०८३।
कालीकाेटमा ड्युटीमै खटिएका नेपाल प्रहरीका एक जना जुनियर प्रहरी अधिकृत प्रहरी सहायक निरिक्षक (असई)को मृत्यु भएको छ।
इलाका प्रहरी चाैकी पचालझरनामा दरबन्दी भई हाल तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा खटाइएका प्रहरी सहायक निरीक्षक (असई) ४८ वर्षीय लिला बहादुर खत्रीको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार , ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोश भएको बताइएको छ । उनलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म लगिएको भए पनि उपचारका क्रममा सोमबार दिउँसो १२:२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएको छ ।
बाँके जिल्लाको राप्ती साेनारी गाउँपालिका वडा नम्बर-२ स्थायी घर भएका खत्रीकाे निधनले सुरक्षा निकायमा अपूरणीय क्षति पुगेको बताइएको छ ।