मोरङ, ८ कात्तिक २०८३।
विराटनगरको पिपल चोक र गोल्छा चोकस्थित पिजफायर नामक रेष्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित जंगलमा मृत अवस्थामा भेटिएका छन्।
विराटनगर महानगरपालिका–३ का ५१ वर्षीय व्यवसायी खत्री शनिबार अपराह्न केराबारीस्थित धारापानी जंगलभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार, खत्रीको शव शनिबार अपराह्न केराबारीस्थित धारापानी जंगलभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। उनको साथबाट चाबीको रिङ भेटिएको र यस बारे अनुसन्धान भइरहेको डिएसपी मिशाले जानकारी दिए।
र्मनीमा ६ वर्ष बसेर नेपाल फर्किएका खत्री व्यापारमा खासै फाइदा नपाएपछि पुनः दुबईमा रोजगारीका लागि पुगेका थिए। दुबईमा करिब २ वर्ष बसेर विराटनगर फर्किएका उनी रेष्टुरेन्ट व्यवसायमा सक्रिय रहेका थिए।