पोखरा, ११ जेठ २०८३।
चितवनमा घरअगाडि पार्किङ गरेर राखिएका कार र चार वटा स्कुटरमा आ!गज’नी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका-९ शरदपुर दुर्गाटोलस्थित तिलप्रसाद अधिकारीको घरअगाडि पार्किङमा राखिएका एउटा कार, चार वटा स्कुटर तथा परालमा आ!गजनी गरेको आरोपमा प्रहरीले मकवानपुर चित्लाङ गाउँपालिका-९ घर भई हाल भरतपुर-२ बस्दै आएका ३२ वर्षीय सन्तोष विश्वकर्मालाई आइतबार दिउसो पक्राउ गरेको हो।
अभियुक्त विश्वकर्माले त्यस दिन पार्किङमा राखेको बा १२ च ७२७८ नम्वरको कार,ना ३७ प ३९०६ नम्वरको स्कुटर,बा.प्र.०६ ००७ प ४५९७ नम्वरको स्कुटर,बागमती प्रदेश ०६ ००३ ०३३८ नम्वरको इभी स्कुटर र ना २८ प ८४५४ नम्वरको होण्डा स्कुटर र परालमा समेत आगजनी गरेर भागेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्वकर्मामाथि आ’पराधिक उपद्रव कसूरमा अनुसन्धान भइरहेको छ भने चितवन अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको छ।