परपुरुषसंग संगै बसेर मदिरा सेवन गरेकी महिलाको मृत्यु भएपछि उनीसंगै मदिरा सेवन गरेका युवा झापामा पक्राउ

परपुरुषसंग संगै बसेर मदिरा सेवन गरेकी महिलाको मृत्यु भएपछि उनीसंगै मदिरा सेवन गरेका युवा झापामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.9K
    Shares

पोखरा , ६ जेठ २०८३।

झापामा रातको समयमा परपुरुषसंग संगै बसेर मदिरा सेवन गरेकी महिलाको मृत्यु भएपछि उनीसंगै मदिरा सेवन गरेका युवालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा गएको जेठ ४ गते राति करिब ९ः१५ बजे संगै बसेर मदिरा सेवन गरेकी अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी २९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएपछि उनीसंगै मदिरा सेवन गरेका अर्का एक युवालाई प्रहरीले पक्राउ गरेको हो।

काजलको मृत्यु भए पछि उनीसंगै बसेर मदिरा सेवन गरेका अर्जुनधारा ५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , रोजगारीका सिलसिलामा दुवईमा श्रीमान रहेकी काजल र किरण त्यस रात संगै बसेर अत्यधिक मदिरा सेवन गरेका थिए। त्यही क्रममा दुई जनाबीच कल-झगडा भए पछि किरणले काजललाई धकेलेका थिए । धकेल्ने क्रममा काजल चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेर बेहोश भएकी थिइन् ।

बेहोश अवस्थामा रहेकी उनलाई स्थानीयबासीले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्‍याएका थिए । पछि त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा उनको मंगलबार बिहान ४ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

शनिश्चरे । झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ । जेठ ४ गते राति करिब ९ः१५ बजे एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा काजल र अर्जुनधारा ५ कञ्चनबाडी निवासी २४ वर्षीय किरण गौतम अत्यधिक मदिरा सेवन गरी बसेका थिए । सोही क्रममा उनीहरूबीच कुनै विषयमा विवाद हुँदा घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया