कुटपिटको घटना भएको एक हप्तापछि बाजुराको लाम्पाटामा थप सुरक्षाकर्मी परिचालन

कुटपिटको घटना भएको एक हप्तापछि बाजुराको लाम्पाटामा थप सुरक्षाकर्मी परिचालन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 760
    Shares

पोखरा, १० जेठ २०८३।

सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएपछि बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटना भएको हप्ता दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको प्रहरी टोली लाम्पाटातर्फ पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको वस्तुुगत स्थितीबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको जानकारी दिए । आइतबार मात्र लाम्पाटा पुुग्ने उक्त टोलीमा सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक(असई)ले गरेका छन् ।

लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादको विषयलाई लिएर खार्पुुनाथका स्थानीयको कुटपिटमा परेर घाइते भएका वडा सदस्यसहितको काठमाडौँमा उपचार भएर घर फर्कीसकेका छन्

हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जनामाथि कुटपिट गरेको थियो । हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अभियान लिएर पुुगेको धनगढीका मेयर गोपाल नेतृत्वको टोली उनीहरुको अवरोधका कारण साइपाल बेशक्याम्प नपुग्दै फर्किएको थियो ।

प्रतिक्रिया