पोखरामा स्कुटर दुर्घटना हुँदा तनहुँका ६१ वर्षीय पुरुषको मृत्यु, स्कुटर चालक घाइते

पोखरामा स्कुटर दुर्घटना हुँदा तनहुँका ६१ वर्षीय पुरुषको मृत्यु, स्कुटर चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८३
  • 209
    Shares

पोखरा, ९ मंसीर २०८३।

पोखरामा स्कुटर दुर्घटना हुँदा तनहुँका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ।


कास्कीको पोखरा महानगरपालिका–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा तनहुँका एक पुरुषको मृत्यु भएको छ ।

पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प ३५७३ नम्बरको स्कुटर मंगलबार बिहान करिब ११ बजे पोखरा महानगरपालिका–३२ मजुवास्थित पृथ्वी राजमार्गको सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो।

\उक्त दुर्घटनामा परेर घाइते भएका दुई जना मध्ये स्कुटरको पछाडी सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी माधवप्रसाद शर्माको उपचारका क्रममा पोखरामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी २२ वर्षीया सूचना शर्माको उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार