लेखनाथ, ८ मङ्सिर २०८३।
। २२औं लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म हुने भएको छ।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने नाराका साथ हुने महोत्सवबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
महोत्सवमा तीनसय ३५ स्टल रहनेछन्। सबैभन्दा धेरै गार्मेन्ट तथा फुटवेयरका एकसय १२ स्टल हुनेछन्। कृषि, हस्तकला, फुड फेस्टिभल, अटोमोबाइल, सूचना प्रविधि, स्थानीय सुन्तला, माछा, मह, कफी र दुग्धजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री हुनेछ।
यसपटकको आकर्षणका रूपमा गौतम बुद्धको प्रतिमा राखिनेछ। सांस्कृतिक कार्यक्रममा जातीय झाँकी, रत्यौली, विद्यालयस्तरीय नृत्य, साहित्यिक कार्यक्रम, पप कन्सर्ट, लाइभ ब्यान्ड, लोकदोहोरी, हास्यव्यङ्ग्य, बाल उद्यान, टिकटक प्रतियोगिता र साइकल र्याली हुनेछन्।
प्रवेश शुल्क विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १०० रुपैयाँ र कन्सर्टका लागि २०० रुपैयाँ तोकिएको छ।
आयोजकले २ लाख ७० हजार दर्शक आउने र १२ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको छ। १ करोड ५ लाख आम्दानी र ८५ लाख खर्च हुँदा २० लाख रुपैयाँ बचत हुने अपेक्षा छ। बचत रकम सात ताल संरक्षण, नवउद्यमी प्रवर्द्धन, पर्यटन र सामाजिक कार्यमा खर्च गरिनेछ।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ छन्। मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर एनर्जी ड्रिङ्क) रहेको छ।