पोखरा,८ जेठ २०८३।
पोखराको नयाँबजारमा आपसमा झैं-झगडा गर्ने माइक्रो बसका चार जना हेल्परहरु पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा युवाहरु आपसमा झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि उक्त झगडामा संलग्न माइक्रो बसका चार जना हेल्परहरु पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुमा तनहुँको भानु नगरपालिका १२ घर भएका ३२ वर्षीय बिजय अधिकारी, धादिङको त्रिपुरासुन्धरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय राजकुमार परियार, स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नम्बर २ का २४ वर्षीय सुजन परियार र पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन घर भएका २३ वर्षीय निरज आले मगर रहेको जिल्ला प्रहरी कार्यलया कास्कीका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिएका छन्।
उनीहरु बिहिबार दिउसो ११ बजे नयाँबजारस्थित सार्वजनिक स्थानमा झै-झगडा गरेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ। उनीहरु बीच खाजा खाने विषयमा विवाद भई झै-झगडा गरेको खुलेको प्रहरीले बताएको छ ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीलेपक्राउ गरेर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।