काठमाण्डौको पहेँलो पुलमा बिग्रिएर चल्न नसक्ने अवस्थाको आइसर गाडीको सिटमुनि भेटियो पेस्तोल

काठमाण्डौको पहेँलो पुलमा बिग्रिएर चल्न नसक्ने अवस्थाको आइसर गाडीको सिटमुनि भेटियो पेस्तोल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा , ७ जेठ २०८३।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पहेँलो पुलमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको आइसर गाडीको सिटको मुनि राखिएको पेस्तोलसहित एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार छन्।

गोठाटारस्थित पहेँलो पुलमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा४ख ५२४१ नम्बरको आइसर गाडीमा हातहतियार लुकाइछिपाइ राखिएको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा गरिएको छापामा गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थानसहित अभियुय्क्त परियार समेतलाई मङ्गलबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

अभियुक्त परियारविरुद्ध हातहतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया