पोखरा, ११ जेठ २०८३।
भारातीय तीर्थयात्रीलाई अलपत्र पारेर होटलमा गइ लागु औषध सेवन गरेर सुत्ने बस चालक म्याग्दीमा पक्राउ परेका छन्।
पोखराबाट भारतीय तीर्थयात्री लिएर मुस्ताङको मुक्तिनाथ जादै गरेका यात्रीलाई म्याग्दीमा अलपत्र छाडेर होटलमा गइ लागु औषध सेवन गरेर सुत्ने बस चालकलाई प्रहरीले पक्राउ गरेको हो।
भारतिय तिर्थ यात्रीहरुलाई खाना खुवाई तिर्थ यात्रीहरुलाई अलपत्र छोडी बेनी नगरपालिका वडा नं. ०९ राहुघाटस्थित रहेको ठकुरी होटल एण्ड रेष्टुरेण्डमा गएर लागू औषध देवान गरेर अचेत अवस्थामा सुतिरहेको अवस्थामा चालक जिल्ला पर्वत कुस्मा न.पा.०४ बस्ने बर्ष ३२ को आशिष परियारलाई पक्राउ गरिएको प्रहरीले जानाकारी दिएको छ।
प्रहरी चौकी गलेश्वर र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट टोली खटि गएको प्रहरी टोलीले उठाउदा समेत उठ्न नसक्ने गरी अचेत अवस्थामा पक्राउ परेका चालक परियारलाई चेकजाँच गर्दा बोल्न चल्न नसक्ने अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।
अभियुक्त परियारबिरुद्ध म्याग्दी जिल्ला अदालतबाट लागु औषध मुद्दा शीर्षकमा पांच दिनको म्याद थप भइ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।