ओलीको आनाकानीबीच एमालेले बनायो बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल

ओलीको आनाकानीबीच एमालेले बनायो बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ जेष्ठ २०८३
  • 2.4K
    Shares

काठमाडौँ, ११ जेठ २०८३ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजिनामा दिन दबाब दिइएको भनेको नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेर सकिएको छ ।

उक्त कार्यदलमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य रहेका छन्। यस्तै अन्य सदस्यहरुमा ९ प्रदेशका इन्चार्ज रहेको सहमहासचिव लेखराज भट्टले जानकारी दिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार सम्पन्न सचिवालय बैठकले उक्त कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको छ।

यता नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा नेतृत्वको पुनर्गठनको नामै सुन्न नचाहेको अवस्थामा पार्टी पुनर्गठन कार्यदल बनाइएको दाबी गरेका छन् ।

उनले भने, ‘पुनर्गठनको नामै सुन्न नचाहने, एजेन्डानै प्रवेश गर्न नदिने जस्तो कुरा थियो। समीक्षा र पुनर्गठनलाई एकठाउँ राखेर पार्टीमा यो जरुरी छ भन्ने महसुस भयो।’ उनले यो कार्यदलले असार १० गतेभित्र प्रदेश, जनसंगठनको राय लिएर प्रतिवेदन पेश गर्ने जानकारी दिए। ‘पुनर्गठनको मोडालिटी, प्रक्रिया के हुन्छ भन्ने छलफल कार्यदलमा हुन्छ,’ उनले भने।

बादल नेतृत्वको कार्यदलले आफ्नो प्रतिबेदन पेश गरे पछि भने सोही बमोजिम छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ। बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ।

प्रतिक्रिया