सेती नदीको खोंचमा फाल हानेका भारतीय युवक मृत भेटिए

सेती नदीको खोंचमा फाल हानेका भारतीय युवक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ जेष्ठ २०८३
  • 950
    Shares

पोखरा, ११ जेठ २०८३।

पोखरा महानगरपालिका १७ स्थित सेती नदीको खोचमा फाल हानेका एक जना भारतीय नागरिक मृत भेटिएका छन्।

आइतबार राति पौने १० बजे सेती नदीको खोचमा हाम फालेका भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो सोमबार बिहान करीब पौने १० बजेको समयमा करीब साढे दुईसय मिटर तल गहिरो खोचमा मृत भेटिएका हुन्।

महतो आइतबार राति पौने १० बजे सेती नदीको खोचमा हाम फाली बेपत्ता भएको खबर पाएपछि उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थल खटिएको थियो। तर सशस्त्र प्रहरीको उक्त उद्धार टोलीले महतोको शब् आइतबार बिहान करीब पौने १० बजे अन्दाजी साढे दुई सय फिट गहिरो खोचबाट डोरीको प्रयोग गरी मृत अवस्थामा फेला पारी शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाएको छ। मुचुल्का पूरा गरी प्रहरीले शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया