गएराती फेवातालमा पौडी खेल्नेक्रममा डुबेर पोखराका एक युवाको मृत्यु

गएराती फेवातालमा पौडी खेल्नेक्रममा डुबेर पोखराका एक युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ जेष्ठ २०८३
  • 3.4K
    Shares

पोखरा, ७ जेठ २०८३।

पोखराको गहना फेवातालमा गएराती पौडी खेल्नेक्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१३, काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको गएराती फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

गएराती बिहानपख करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङ बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी गण २४ नम्बर बटालियन मालेपाटन पोखरा मातहतको गोताखोर टोलीले उनको खोजी शुरु गरेकोमा गर्ने क्रम मा बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएमा चिकित्सकले मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया