एमालेमा ओली रक्षात्मक अवस्थामा : केन्द्रीय कमिटीमा बहुमत पुर्‍याउने रणनीतिमा

एमालेमा ओली रक्षात्मक अवस्थामा : केन्द्रीय कमिटीमा बहुमत पुर्‍याउने रणनीतिमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० जेष्ठ २०८३
  • 1.2K
    Shares

पोखरा, १० जेठ २०८३।

नेकपा एमालेको केन्द्रीय सचिवालयमा पार्टी अध्यक्ष रक्षात्मक स्थितिमा पुगेका छन्। उनलाई पार्टीभित्रैबाट अध्यक्ष पदबाट राजिनामा दिन दबाब परिरहेको खबर सार्वजनिक भैरहदा उनी रक्षात्मक स्थितिमा पुगेको देखिएको हो।

नेकपा एमालेको काठमाण्डौको गुन्डुमा जारी १९ सदस्यीय केन्द्रीय सचिवालय बैठकमा उनको पक्षमा पूर्व माओवादी नेता एबम हालका एमालेका बरिष्ठ उपाधक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र उभिएका छन्।

शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका छन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिए।

महासचिव शंकर पोखरेलले पनि यसरी नै पार्टी अघि बढाउन नसकिने भन्दै समीक्षा गरेर कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिने गरी अध्यक्षलाई निकास दिनुस् भनेर आग्रह गरेको एक पदाधिकारीले बताए ।

सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईले तल पार्टी चलाउन सक्ने अवस्था नभएको बताएका थिए। ‘उहाँहरूले बोल्ने नै त्यस्तै हो, ओली नभई पार्टी चल्दैन भन्नू भएन, तपाईले सोच्नुपर्छ भन्नुभयो त्यो भनेको ओलीलाई पद त्याग गर्नु नै भनेको हो,’ ती पदाधिकारीले थपे।

यद्यपि ओलीले यी सबैको प्रतिवाद गरेका थिए। उनले निर्वाचित भएर आएको त्यसै नछाड्ने घोषणा गरे।  शनिबार बोलेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको पक्षमा खुलेका थिए। उनले संकटको समयमा नेतृत्वलाई साथ दिनुपर्ने र हेडक्वाटरको रक्षा गर्नुपर्ने बताएका थिए। सचिवालयमा अल्पमतमा परेपछि ओलीलाई पद त्याग गर्न दबाब परेको छ। यधपि, उनले आफू नछाड्ने घोषणा गरिसकेका छन्।

१९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने पक्षमै एकमत देखिएका छन् । अब आज बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने बताइएको ।

गत मंसिरमा आफूले अघि सारेका पदाधिकारीहरू नै अहिले ‘सरप्राइज’ दिने गरी बहिर्गमन दिएपछि ओली केन्द्रीय कमिटीमा बहुमत पुर्‍याउने रणनीतिमा देखिएका छन् । उनले हिजोको बैठकमा केन्द्रीय कमिटीमा छलफल गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया