भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो ।