धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु

धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०८३
  • 361
    Shares

dhanagadhi, धनगढी

धनगढी, ११ साउन २०८३

कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर रूपमा घाइते भएका उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। शरीरको करिब ६० प्रतिशत भाग जलेको भनेर चिकित्सकले नेपालगञ्ज रेफर गरेका थिए।

चिकित्सकले नेपालगञ्ज रेफर गरे पनि परिवार सदस्य तथा नातेदारहरुले ज्योति चौधरीलाई काठमाडौं लैजान निर्णय गरेका थिए। प्रहरी निरीक्षक विष्टका अनुसार सडक मार्गबाट काठमाडौं ल्याउँदै गर्दा आइतबार ५ बजे बाटोमै मृत्यु भएको हो।

घरयासी विवादका कारण चौधरीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ। प्रहरी निरीक्षक विष्टका अनुसार थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। आत्मदाहको प्रयास गर्नुको कारण भने खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया