पोखरामा जेब्राक्रसबाट बाटो काट्दै गरेका पैदलयात्रीलाई बसले ठक्कर दिंदा मृत्यु

पोखरामा जेब्राक्रसबाट बाटो काट्दै गरेका पैदलयात्रीलाई बसले ठक्कर दिंदा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 13K
    Shares

uttamchok पोखरामा बस्क्तो ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा, ८ साउन २०८३ ।

पोखरा–१० उत्तमचोकमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा घर भई हाल पोखरा–१० उत्तमचोक बस्दै आएका राजु थापा रहेका छन्।

जेब्राक्रसबाट बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि ग्यालेक्सी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै अत्यधिक रक्तस्राव भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया