प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको तालिका सार्वजनिक

प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको तालिका सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८३
  • 494
    Shares

प्रधानमन्त्री बालेन शाह

काठमाण्डौ, ४ मंसीर २०८३।

 प्रधानमन्त्री बालेन्द्र शाहको भारतकाे राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणको संक्षिप्त कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार भ्रमण दुई दिने हुने छ । 

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन्। उनको साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू रहनेछन्।

भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली पनि सहभागी हुने भएको छ। परराष्ट्र सचिव अमृत राईका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन्। सरकारी टाेली ३४ सदस्यीय हुने भएकाे छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग साेमबार दिउँसाे प्रतिनिधिमण्डलस्तरको वार्ता गर्नेछन् ।

मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्। भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने तालिका छन् ।

यो भ्रमण दुई देशका जनताका लागि अधिकतम पारस्परिक लाभ हुने गरी, भविष्यमुखी दृष्टिकोणका साथ व्यापक सहयोगात्मक साझेदारीको समीक्षा गर्ने एक महत्त्वपूर्ण अवसर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार