काठमाडौं, १२ साउन २०८३।
दंगाग्रस्त सुनसरीबाट एक जना बिदेशी महिला पक्राउ परेकी छिन। सुनसरीमा भड्किन लागेको दंगा नियन्त्रण गर्न सेना परिचालन गरिएको अवस्थामा इनरुवा क्षेत्रमा भएको प्रदर्शनको प्रत्यक्ष प्रशारण live गरिरहेकी ती विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो।
प्रत्यक्ष प्रशारण गरिरहेकी ती महिलालाई प्रदर्शनकारीहरुले “तिमि को होउ? भन्दै प्रश्न मात्र गरेका छैनन्, दंगा भड्काउने यिनै महिला हुन् भनेर समेत आरोप लगाएका छन्। तर ती बिदेशी महिलाले ओके ओके भन्दै आफ्नो मोबाइलमा जोडिएको प्रत्यक्ष प्रशारण रोकेर उनी प्रहरीको भ्यानमा चढेकी छिन। उनलाई प्रहरीले पक्राउ गरेको हो कि उनको सुरक्षका लागि प्रहरीले सुरक्षात्मक कार्य गरेको हो त्यो अझै स्पस्ट हुन सकेको छैन। यस बारेमा प्रहरी वा सरकारी पक्षले अहिलेसम्म केही बोलेको छैन।
सार्वजनिक भिडियोमा प्रदर्शनकारीहरुले उनी चिनियाँ नागरिक भएको र केही समयदेखि मधेश क्षेत्रमा हुने हरेक गतिविधिको भिडियो सामग्री बनाउने गरेको आरोप समेत लगाएका छन्।