सल्यानमा एक्कासी घर भत्कीएपछि एक घर परिवार विचल्लीमा

सल्यानमा एक्कासी घर भत्कीएपछि एक घर परिवार विचल्लीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असार २०७४
  • 8.6K
    Shares

सल्यान / सल्यानमा एक्कासी घर भत्कीएपछि एक घर परिवार विचल्लीमा परेको छ । जिल्लाको कपुरकोट गाउंपालिका ५ रीम स्थीत साविकको रीम २ का वडा नागरिक मञ्चका संयोजक नरसिंह विकको परिवार घर भत्कीएपछि विचल्लीमा परेको हो ।
आज एक्कासी घर भत्किएको जनाउदै बिकले मानविय क्षती भने हुन नपाएको जानकारी दिए । तर घर भत्कीएपछि अव कहां बस्ने र घर कसरि निर्माण गर्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ ।
विकको घर २०७२ सालको भुकम्पले केहि चर्कीएको थियो ।
घर भत्कीएपछि घरमा रहेका विभिन्न सामान निकालेर छिमेकीको घरमा राखिएको रीमबाट एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य भद्र सिंह बुढाले जनाएका छन् ।

प्रतिक्रिया