क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.5K
    Shares

क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ ।

सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टीमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, घिमिरेले भने ।

नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

मंगलबारका लागि पेशी तोकिएपनि न्यायाधीशले अन्तरिम क्षतिपूर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाई हुने बताएका थिए ।

प्रतिक्रिया