Warning: Constant WP_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 97

Warning: Constant WP_MAX_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 98
नवलपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु - जनसञ्चार अनलाईन | जनसञ्चार अनलाईन

नवलपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नवलपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ साउन २०८३
  • 190
    Shares

नवलपुरको देवचुली नगरपालिका–१७ स्थित झरही खोलामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन्।

आज बिहान डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख २३०३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०४–००२ प ४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो भने थप एक जना घाइते भएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कावासोती नगरपालिका–१२ का ३५ वर्षीय हेमलाल लामिछानेको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा स्याङ्जा, रापाकोटका ६७ वर्षीय लिलाधर चापागाईं घाइते भएका छन्। उनको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया