दार्चुलामा जिप दुर्घटना : पिकनिक खान गएका पाँच युवती घाइते

दार्चुलामा जिप दुर्घटना : पिकनिक खान गएका पाँच युवती घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ कार्तिक २०८३
  • 1.6K
    Shares

दार्चुला, २७ कार्तिक २०८३ ।

दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुस्थित सकार खेलमैदानमा जिप पल्टिँदा पिकनिक खान गएका पाँच जना युवती घाइते भएका छन्।

सदरमुकाम खलंगाबाट दत्तुस्थित सकार खेलमैदानमा पिकनिक खान गएका युवतीहरु सवार सुदूरपश्चिम प्रदेश ०४–००१ ज ०१२२ नम्बरको जिप शुक्रबार बिहान करिब ११:५० बजे पल्टिएर दुर्घटनाग्रस्त पाँच जना घाइते भएका हुन्।

जिप घुमाउने क्रममा पल्टिएर भएको उक्त दुर्घटनामा परेर महाकाली न.पा.वडा नम्बर ४ बिद्यया नगरटोल बस्ने १७ वर्षीया अनु लुहारको अवस्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सबैको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ। सोही दुर्घटनामा घाइते भएका बर्ष १७ की अस्मिता ओड, बर्ष १५ की अनुशा चुनारा, बर्ष २१ की संगिता चुनारा,र बर्ष २५ की भुमा चुनारा, घाइर्ते भएका छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको प्राप्त समाचारमा जनाइएको छ।

घाइते पाँचै जनालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ। दुर्घटनापछि प्रहरीले जिप चालक ३१ वर्षीय गणेश भाटलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार