बारामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार महिलाको मृत्यु, तीन जना घाइते

बारामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार महिलाको मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०८३
  • 0
    Shares

बारा, २५ असोज २०८३ ।

बारामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR05AF 0140 नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई बाराको सिम्रौनगढ नगरपालिका–९, बसवरियास्थित नहर सडकखण्डमा ठक्कर दिदा साइकलमा सवार एक महिलाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन्।

उक्त दुर्घटनामा गम्भीर घाईते भएकी साइकलको पछाडि सवार सिम्रौनगढ नगरपालिका–६ निवासी अन्दाजी ३७ वर्षीया रिजवना खातुनलाई उपचारार्थ प्रादेशिक अस्पताल कलैया पुर्याइएकोमा मृत् घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा साइकल चालक सबु मोहम्मदसहित मोटरसाइकल चालक र पछाडि सवार गरी अन्य तीन जना घाइते भएका छन्।

सिम्रौनगढ नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीय सबु मोहम्मदको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।

त्यस्तै, सोही ठाउँका बिगु महतोका छोरा अन्दाजी २५ वर्षीय मोटरसाइकल चालक अजय महतो र मोटरसाइकलमा सवार अन्दाजी २२ वर्षीय विवेक महतोको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगन्ज रिफर गरिएको थियो।

उपलब्ध विवरणअनुसार अजय महतोलाई राति ७ः५० बजे थप उपचारका लागि वीरगन्ज पठाइएको हो।

दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वा, बाराको नियन्त्रणमा रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार