चितवन, २७ कार्तिक २०८३।
चितवनको भरतपुरमा ईभी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको विद्युतीय कारले भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा शुक्रबार बिहान ९ बजे ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको हो भने दुई जना घाइते छन् ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेलको उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याइएकोमा चिकित्सकले बिहान ९ः५४ बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा घाइते भएका अन्य दुई जना पैदलयात्रीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।