तनहुँमा जिप दुर्घटना : चालकसहित छ जना घाइते

तनहुँमा जिप दुर्घटना : चालकसहित छ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 323
    Shares

तनहुँ, २६ कार्तिक २०८३।

तनहुँमा जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन्।

दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग१ज ७४१० नम्बरको बोलेरो जिप शुक्लागण्डकी नगरपालिका–११ गोटपानीस्थित दुलेगौडा–चिसापानी पक्की सडकखण्डबाट करिब ५० मिटर तल खसेर दुर्घटना ग्रस्त हुँदा चालकसहित छ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा जिप चालक स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोट निवासी ३२ वर्षीय शिवबहादुर गुरुङ, जिपमा सवार २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । घाइते छ जनालाई उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौडामा पठाइएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित सात जना सवार रहेकामा एक जना भने सकुशल रहेका छन् । उनी गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार