काठमाण्डौ, १९ कार्तिक २०८३।
काठमाडौंमा प्रहरीले गोली हानेर घाइते अवस्थामा एक जना पक्राउ गरेको छ।
जिल्लाको गोकर्णेश्वर नगरपालिका-३ दाम्पामा बिहीबार साँझ प्रहरीले गोली हानेर एक जना युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३१ वर्षीय सुजन तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए। पक्राउ परेका तामाङको घुँडामुनी गोली लागेको र उपचारका लागि ट्रमा सेन्टर लगिएको बताइएको छ ।
खोजतलासका क्रममा भाग्न खोजेपछि प्रहरीले पहिले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि खुट्टामा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको एसएसपी घिमिरेले बताए।
उनी सुन लुटपाट तथा डलर साट्ने नाममा लुटपाट तथा ठगी गर्ने समूहको नाइके भएको प्रहरीको दाबी छ।