सङ्खुवासभा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु

सङ्खुवासभा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०८३
  • 152
    Shares

sankhuwasabha jail , सङ्खुवासभा जिल्ला कारागार खादबारी

सङ्खुवासभा, १५ कार्तिक २०८३।

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा चिचिला गाउँपालिका–१ घर भएका २८ वर्षीय भोला राई रहेको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो।

ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको थियो।

जेलर श्रेष्ठका अनुसार राईलाई श्रीमती र कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राईसहितको प्रहरी टोलीले थप उपचारका लागि सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगेको थियो। कोशीमा सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले आइतबार बिहान मृत घोषणा गरेका हुन्।

राईलाई जिल्ला अदालत चैनपुरले २०८३ वैशाख ४ गते कारागार चलान गरेको थियो।

जिल्ला कारागारमा हाल ७ महिलासहित ५१ जना कैदीबन्दी रहेका छन् भने १० जना नियमित औषधि सेवन गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार