सांसद उर्मिला थपलियाको काठमाण्डौको कलंकीस्थित डेरामा चोरी : तीन जना पक्राउ

सांसद उर्मिला थपलियाको काठमाण्डौको कलंकीस्थित डेरामा चोरी : तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 1.2K
    Shares

urmila thapaliya

काठमाडौँ , ९ कार्तिक २०८३।

नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित डेरामा चोरी भएको छ।

दशैं बिदामा परिवारका सदस्यहरू जिल्ला गएको मौका छोपेर चोर समूहले उनको डेराबाट ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी गरेको हो। घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।

घटनामा संलग्न आरोपमा तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

यस्तै, कात्तिक ६ गते कलंकीमै रहेको नीरज नेपालको घरमा पनि चोरी भएको छ। नेपालको घरबाट १३९ तोला चाँदी, १ तोला सुन र १० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।

दुवै चोरीमा एउटै समूह संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एसएसपी घिमिरेका अनुसार चोरीमा संलग्नहरूको नाम सार्वजनिक गरिएको छैन।

आरोपीहरूलाई काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार