सप्तकोशी नदी मोटर बोट दुर्घटना अपडेट- मृतक र बेपत्ता सबैको खुल्यो पहिचान

सप्तकोशी नदी मोटर बोट दुर्घटना अपडेट- मृतक र बेपत्ता सबैको खुल्यो पहिचान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 1.5K
    Shares

सुनसरी, ९ कात्तिक २०८३।

सप्तकोशी नदी मोटर बोट दुर्घटनामा मृत्यु भएका र बेपत्ता सबै जनाको पहिचान खुलेको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना नदीमा बेपत्ता छन्।

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी बराहक्षेत्र सुनसरीबाट खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको जीवितै उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो।

अस्पताल पुर्याइएकामध्ये सुनसरीको बराहक्षेत्र–१ की ५२ वर्षीया लिला राई, करिब ६/७ वर्षीया एक बालिका र अन्दाजी ४०/५० वर्षका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालिका र पुरुषको नाम तथा ठेगाना अझै खुल्न सकेको छैन।

​दुर्घटनामा परेर घाइते भएका भोजपुर हतुवागढी–४ का ३१ वर्षीय मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ।

पानीबोटका चालक सुनसरी बराहक्षेत्र–१ बस्ने २४ वर्षीय सुमन मगरलाई प्रहरी चौकी बराहक्षेत्रले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा सकुशल रहेका अन्य यात्रुहरू विष्णु सुनार, तिर्था रसाईली सुनार, पुजा तिरुवा, प्रज्वल तिरुवा, देबेन्द्र राई, रन्जित राई र निता मगर भने घर फर्किसकेका छन्।

उता दुर्घटनापछि नदीमा बेपत्ता भएका झापा कनकाई–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरी बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राईको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी र धनकुटाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सहितको उद्धार टोली परिचालन गरी बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

१. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. ५२ वर्षीया लिला राई । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

२. नाम, थर, वतन नखुलेकी बालिका, अन्दाजी ६/७ वर्ष की । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

३. नाम, थर, वतन नखुलेका पुरुष, अन्दाजी ४०/५० वर्षको । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

१. पानीबोट चालक जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २४ वर्षीय सुमन मगर ।

२. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४५ वर्षीय बिष्णु सुनार ।

३. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ४२ वर्षीय तिर्था रसाईली सुनार ।

४. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २५ वर्षीया पूजा तिरुवा ।

५. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २२ वर्षीय प्रज्वल तिरुवा ।

६. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २६ वर्षीय देबेन्द्र राई ।

७. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. २३ वर्षीय रञ्जित राई ।

८. जिल्ला झापा, कन्काई नगरपालिका-४ बस्ने अं. २९ वर्षीया निता मगर ।

९. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने अं. ३१ वर्षीय मोहन सुनार ।

१. जिल्ला झापा, कन्काई नगरपालिका-४ बस्ने अं. ७ वर्षीय शिवक मगर। (निता मगरका छोरा)

२. जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २१वर्षीया प्रमिला मगर ।

३. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. २२ वर्षीया मनु राई ।

बेपत्ता तीन जनाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना टोली परिचालन गरिएको छ। बेपत्ताको खोजीका लागि नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार