पोखराको अर्मलामा बेवारिसे अवस्थामा भेटियो, एकनाले भरुवा बन्दुक

पोखराको अर्मलामा बेवारिसे अवस्थामा भेटियो, एकनाले भरुवा बन्दुक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 1.5K
    Shares

पोखरा, १९ कार्तिक २०८३।

पोखराको अर्मलामा बेवारिसे अवस्थामा एउटा एकनाले भरुवा बन्दुक भेटिएको छ।

पोखरा महानगरपालिका वडा नं. १६ अर्मलाको जैमुरेस्थित बाटो छेउमा बुधबार दिउँसो सवा एक बजेको समयमा एउटा एकनाले भरुवा बन्दुक भेटिएको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्तीका क्रममा फेला पारेको भनिएको उक्त एकनाले भरुवा बन्दुक बारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार