पोखरामा मोटरसाइकलमा आगजनी गरेर युवा बेपत्ता

पोखरामा मोटरसाइकलमा आगजनी गरेर युवा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 380
    Shares

पोखरा, १९ कार्तिक २०८३।

पोखरामा मोटरसाइकलमा आगजनी गरेर युवा बेपत्ता भएका छन्।

पोखरा महानगरपालिका–२१ आरनडाँडामा पार्किङ गरी राखिएको ग ७ प २१३२ नम्बरको मोटरसाइकलमा आगजनी गरेर युवा बेपत्ता भएका हुन्।

स्थानीय सुशील सुनारको उक्त मोटरसाइकलको सिटमुनि आगजनी गरेर सोही ठाउँका ३० वर्षीय सुमन नेपाली फरार प्रहरीले जानकारी दिएको छ। उनले मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकलमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आगलागीबाट मोटरसाइकलमा आंशिक क्षति पुगेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी छोरेपाटनबाट प्रहरी नायब निरीक्षक सुरेश चन्द थापा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको र आगजनी गरी फरार रहेका नेपालीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार