पोखराको छिनेडाँडाबाट १६ ग्राम बढी ब्राउनसुगरसहित पांच जना पक्राउ

पोखराको छिनेडाँडाबाट १६ ग्राम बढी ब्राउनसुगरसहित पांच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 1.4K
    Shares

पोखरा, १९ कार्तिक २०८३।

पोखराको छिनेडाँडाबाट १६ ग्राम बढी ब्राउनसुगरसहित पांच जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले पोखरा महानगरपालिका वडा नं. १४ छिनेडाँडा घारीपाटनबाट करीब १६ ग्राम बढी ब्राउनसुगरसहित पांच जना पक्राउ गरेको हो ।

प्रहरीका अनुसार , पक्राउ पर्नेमा झापा बारदर्शी गाउँपालिका-६ का ३६ वर्षीय बिर्ख राज योङहाङ, धादिङ गल्छी गाउँपालिका-२ का ३४ वर्षीय सानोबाबु तुलाधर, तनहुँ स्थायी घर भई हाल पोखरा-७ घारीपाटन बस्ने २९ वर्षीय संजोग बि.क., पोखरा-१४ छिनेडाँडा बस्ने २४ वर्षीय सरन गुरुङ र सोही ठाउँ बस्ने २७ वर्षीया तमन्ना घले रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएको मंगलबार साँझ ५:३० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट १६.७४ ग्राम ब्राउनसुगर (खैरो हिरोइन) बरामद गरेको हो। त्यसक्रममा प्रहरीले १५ हजार २ सय ४० रुपैयाँ नगद र ५ थान मोबाइल फोन समेत बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार