काठमाण्डौ, १६ कार्तिक २०८३।
बेलायतको राजधानी लण्डनको लुटोन विमानस्थलबाट बुल्गेरियाको राजधानी सोफियाका लागि उडेको विज एयरको एयरबस ए३२१ (Airbus A321) विमानमा बमको धम्की आएपछि सोमबार हंगेरीको बुडापेस्टमा आकस्मिक अवतरण गराइएको छ।
बोस्निया हर्जेगोभिनाको आकाशमा उडिरहेका बेला धम्की आएपछि विमानलाई बुडापेस्टमा आकस्मिक अवतरण गराइएको हो ।
विज एयरको जहाजमा धम्की आएको खबर पाए लगत्तै हंगेरीका रक्षा मन्त्री रोमुलुस रुस्जिन-सेन्दीको निर्देशनमा सेनाको ‘ग्रिपेन’ फाइटर जेटले विमानलाई सुरक्षित रूपमा लिस्ट फेरेन्क अन्तर्राष्ट्रिय विमानस्थलसम्म स्कोर्ट गरेको थियो। विमानस्थलमा अवतरणपश्चात् प्रहरी तथा सुरक्षाकर्मीहरूले गरेको कडा जाँचका क्रममा कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको विज एयरले पुष्टि गरेको छ।
सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेको र विमानलाई छिट्टै गन्तव्यतर्फ प्रस्थान गराइने एयरलाइन्सले जनाएको छ। विज एयरले सुरक्षा मापदण्ड पालना गर्दै अधिकारीहरूसँग पूर्ण सहकार्य भइरहेको र यात्रुको सुरक्षा नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारेको छ।