पोखरामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८३
  • 988
    Shares

पोखरा, १६ कार्तिक २०८३ ।

पोखरामा स्कुटरले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

आइतबार साँझ पोखरा महानगरपालिका वडा नं. २६ अर्घौचोकस्थित सडकमा बाटो काट्ने क्रममा ग १३ प २०९४ नम्बरको स्कुटरले ठक्कर दिंदा स्थानीय ७० वर्षीय वृद्धको मृत्यु भएको हो।

उक्त् दुर्घटनामा गम्भीर घाइते भएका पर्वतको जलजला गाउँपालिका-५ घर भई सोही ठाउँ बस्दै आएका ७० वर्षीय मन बहादुर पुनको उपचारका क्रममा हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार