भक्तपुरको मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

भक्तपुरको मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८३
  • 1.3K
    Shares

काठमाडौं , १६ कार्तिक २०८३।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुससहित नियन्त्रणमा लिएको छ।

सोमबार अपरान्ह घिमिरेलाई ३३ लाख रुपैयाँ नगद घुस रकमसहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

नगरपालिकाबाट बाहिरिँदै गरेको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी (विद्युतीय) कारबाट अख्तियारको टोलीले ३३ लाख रुपैयाँ नगद बरामद गरेको थियो। कारबाट स्रोत नखुलेको ठूलो परिमाणको नगद बरामद भएपछि अख्तियारले कारमा सवार भुवन ढुङ्गेल, उनकी श्रीमती र चालकलाई नियन्त्रणमा लिएको थियो।

‘प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। रकम हेर्ने काम भइरहेको छ,’ अख्तियारका स्रोतले जनाकारी दिएको छ।

हाल अख्तियारको टोलीले घटनास्थलमै बरामद रकमको गणना र मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

यस विषयमा अख्तियारबाट थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार