पोखरा । पोखरामा अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गर्ने जेसिभी र टिप्पर सहित दुई वटा सवारी साधनलाई कारबाही गरिएको छ।
गएको शुक्रबार दिउसो चार बजे पोखरा महानगरपालिका वडा नं. २६ विजयपुर एकान्त टोलमा अवैध रुपमा प्राकृतिक दोहन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका जेसिभी र टिप्पर सहित दुई वटा सवारी साधनलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्ने सवारी साधनहरुमा ग १ क २७२६ नम्बरको JCB र ग १ क ४६७८ नम्बरको टिप्पर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
वैध रुपमा माटो उत्खनन गरी लोड गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका ती दुई सवारी साधनलाई पोखरा महानगरपालिकाले ४५ हजार रुपैयाँ जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका ती सवारी साधनहरुलाई आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको बताइएको छ।