पोखरा , १६ कार्तिक २०८३।
गृहमन्त्री सुदन गुरुङलाई जनताले गोरखाबाट लखेटे ”भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पोखराबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ति बस्ने गोबिन्द अधिकारी रहेका छन्।
उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो राख्दै गृहमन्त्री सुदन गुरुङलाई जनताले गोरखाबाट लखेटेको” कुरा उल्लेख गरेका थिए। तर जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गरेर उक्त सूचना गलत र भ्रमपूर्ण रहेको उल्लेख गरेका थिए। गृहमन्त्री सुदन गुरुङ आइतबार गोरखामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएर फर्किएका थिए।
स्थानीय प्रशासनले उक्त प्रेस बिज्ञप्ति जारी गरे लगत्तै गरेको अनुरोधका आधारमा उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। उनीविरुद्ध साइबर अपराध सम्बन्धि मुद्दा चल्न सक्ने बताइएको छ।
अधिकारीले पोखरामा आफ्नै सानो ब्यबसाय गर्दै आएकोमा नेकपा माओवादी केन्द्रको वाइसिएलमा आबद्ध रहेका थिए भने हाल आएर पोखरास्थित एक हेरिटेज होटलमा काम गर्दै आएका थिए। उनले प्रहरीसमक्ष उक्त भिडियो आफूले पनि सामाजिक सञ्जालबाट कपी गरेको बताएका छन्।